adv

नेपालको छैटौं कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा भएको पुष्टि

काठमाडौं ।

नेपालको छैटौं कोरोना संक्रमित महिला बागलुङको भएको खुलेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरेका हुन्  ।

उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले नेपालमा छैटौं कोरोना संक्रमित भएको जानकारी गराएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु