adv

कोरोना भाइरस विरूद्धको खोपको सफल परीक्षण भएको दावी

एजेन्सी । कोरोना भाइरस विरूद्धको खोप पत्ता लागेको दावी गरेको छ । अमेरिकी अनुसन्धानकर्ताले कोरोना भाइरसविरुद्धको खोपको सफल परीक्षण गरेको दावी गरेका छन् । अमेरिकास्थित पेनसेलभेनियामा रहेको पिटसबर्ग विश्वविद्यालयले कोरोना भाइरसविरुद्धको खोप परीक्षणमा सफलता पाएको जनाएको छ ।

यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले जनावरमा गरेको परीक्षणमा प्रारम्भिक सफलता मिलेको बताएका छन् ।

यो खोप मुसामा परीक्षण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पशुमा गरिएको परीक्षणबाट उक्त खोपले कोरोना भाइरसलाई निष्प्रभावित पार्ने दावी गरिएको छ ।

ब्रिटिश मेडिकल जर्नल द ल्यान्सेटले ईबायोमेडिसिनमा सार्वजनिक गरेअनुसार परीक्षणको क्रममा खोपले विशिष्ट एन्टबडी उत्पादन गरेको थियो । विश्वविद्यालयका अनुसन्धानकर्ताले मुसाको एन्टिबडीले भाइरसलाई निष्प्रभावी गर्न पर्याप्त रहेको दावी गरेका छन् ।

अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट अनुसन्धानका लागि नयाँ औषधि स्वीकृति खोज्ने प्रक्रियामा रहेको उल्लेख गरेका छन्। अनुसन्धानकर्ताले अर्को महिना मानिसमा परीक्षण गर्ने तयारी गरेका छन् । नागरिकखबरबाट

Advertise Expired !

One thought on “कोरोना भाइरस विरूद्धको खोपको सफल परीक्षण भएको दावी

Leave a Reply

सम्बन्धित शीर्षकहरु