विर्तामाेड, २१ चैत्र ।
रोटरी क्लब अफ बिर्तामोडले सामाजिक संघसंस्था, क्लबका पदाधिकारीहरू र सदस्यहरूबाट संकलित एक लाख एक हजार रूपैंया नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषलाई प्रदान गरेका छ ।

विर्तामोडका नगर प्रमुख ध्रुवकुमार शिवाकोटी र उपप्रमुख पवित्रा महतरालाई शुक्रबार नगरपालिकामै पुगेर संस्थाका सदस्यहरुले हस्तान्तरण गरिएको क्लबका पूर्वअध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।
कोषमा नगरपालिकाले ५० लाख छुट्याएको छ भने विभिन्न संघसंस्था र व्यक्तिबाट करिब १० लाख थप भइसकेको बताइएको छ । क्लबले यसअघि पनि विभिन्न सामाजिक सेवा र गतिविधिमा महत्वपूर्ण सहयोग गर्दै आएको छ ।

