
काठमाण्डाै, २१ चैत्र ।
कलाकार तथा माेडल पल शाहले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूका लागि व्यक्तिगत ५ लाख सहयाेग गर्ने भएकाे छ । उनले आफ्नाे फेसबुक पेजबाट साे सहयाेगकाे घाेषणा गरेकाे हाे ।
विश्वव्यापी रूपमा फैलिएकाे काेराेना भाइरसकाे कारण सबै तिर प्रभाव परेकाे छ । त्यस्काे प्रभाव चलचित्र क्षेत्रमा पनि परेकाेले चलचित्र क्षेत्रमा काम गर्ने आर्थिक अवस्था कम्जाेर भएकाहरूका लागि जनजीवनलाइ सहज बनाउने उदेश्यले सहयाेग गरेकाे बताएका छन् ।
पल शाहकाे फेसबुक स्टाटस जस्ताकाे तस्तै
बिश्वव्यापी महामारीका रूपमा फैलिरहेकाे काेराेना भाईरस(Covid-19)काे प्रभावले अाम मानिसकाे जनजिवन प्रभावित भइरहेको छ। नेपाली चलचित्र क्षेत्र पनि यसको मारमा परेको सर्वविधित नै छ र यस्को पिडा चलचित्र प्राविधिक तथा अन्य व्यक्तिहरूमा पनि परिरहेको छ। विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूकाे जनजिवनलाई सहज बनाउनकाे लागि मैले आर्थिक सहयाेग गर्ने घाेषणा गर्दछु ।
मेराे याे सहयाेग वितरण कार्यमा चलचित्र प्रविधिक संघ नेपाल (NEFTA) ले सहजिकरण गर्ने आशा गरेको छु।
मैले व्यक्तिगत तर्फबाट पहिलाे चरणमा नगद रू ५,००,००० ( पाँच लाख ) रूपैया सहयोग गर्ने घाेषणा गर्दछु।
आर्थिक अवस्था कमजोर हुनुभएका चलचित्र क्षेत्रमा सक्रिय तपाईहरू सबैकाे साथमा म सधै हुनेछु ।
धन्यबाद 🙏


