adv

माङसेबुङ गाउँपालिकाले ३७ लाखकाे विपद काेष स्थापना गर्ने

संकटमा परेका परिवारकाे ३ दिन भित्र लगत संकलन

माङसेबुङ, २२ चैत्र । 

इलाम जिल्लाकाे माङसेबुङ गाउँपालिकाले कोरोना भाईरस (काेभिड १९) को संक्रमणबाट बच्न तथा नियन्त्रण गर्नका लागि ३७ लाखकाे विपद व्यवस्थापन काेष स्थापना गर्ने भएकाे छ । शुक्रबार बसेकाे गाउँपालिकाकाे बैठकले साे निर्णय गरेकाे हाे ।

भाइरस संक्रमण बढ्न नदिनका लागि सरकाले यतिबेला लकडाउन घाेषणा गरेकाे छ । पहिलाे पटक चैत्र ११ गते देखि १९ गते सम्म लकडाउन घाेषणा गरकाे थियाे । तर पुनः चैत्र २५ गतेसम्मलाइ थप गरेकाे छ । साे लकडाउनकाे कारण गाउँपालिका भरी दैनिक ज्यालामजदुरी गरी खाने परिवारमा अत्यावश्यक खाद्यान्न लगायतकाे सामग्रीकाे संकटलाइ मध्यनजर गर्दै संकटमा परेका व्यक्ति, परिवारकाे ३ दिन भित्रमा लगत संकलन समेत गरिने जनाएकाे छ ।

अध्यक्ष इधिङगोल २०७६ चैत्र २१ गते शुक्रबार बसेको माङसेबुङ गाउँपालिका गाउँ कार्यपालिकाको बैठकको निर्णयहरु उल्लेख गदैे राहत वितरणमा एकद्धार प्रणाली अपनाउने जनाएका छन् ।

निणर्यबारे उल्लेख गर्दै पालिकाले कोरोना भाईरसको संभावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थासँग जुध्न वा सामना गर्न विभिन्न संघरसंस्थाहरु, समाजसेवी महानुभावहरुलाई गाउँपालिकालाई सहयोग गर्न अनुरोध गर्ने साथै सहयोग गर्ने संघरसंस्थाहरु एवं समाजसेवी महानुभावहरुलाई गाउँपालिका गाउँ कार्यपालिकाको कार्यलय मार्फत मात्र राहत वितरण गर्न भनिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु