मेचीनगर,
मेची उद्योग वाणिज्य संघले दुई लाख एक हजार रूपैंया मेचीनगर नगरपालिकाको कोरोना राहत कोषमा जम्मा गरेको छ ।शनिबार मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य र उपप्रमुख मिना पोखरेल उप्रेतीलाई संयुक्त रुपमा संघका अध्यक्ष ऋषिराज तिम्सिना ,वरिष्ठ उपाध्यक्ष मोहन निरौला सहितका पदाधिकारीहरुले उक्त रकमको चेक हस्तान्तरण गर्नु भएको हो ।
नगरप्रमुख र उपप्रमुखलाई चेक हस्तान्तरण गर्दै बाणिज्य संघका अध्यक्ष तिम्सिना लगायत अन्य पदाधिकारीहरू।
बिश्वब्यापी महामारीका रूपमा रहेको कोरोना भाइरस(कोभिड-१९) को संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण दैनिक ज्यालादारी मजदुर र विपन्न परिवारलाई राहत वितरणको लागि संघका तर्फबाट रकम जम्मा गरिएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताउनु भयो ।
संघद्वारा यस अघि नै काेराेना भाइरस नियन्त्रणकाे लागि मेचीनगर नगरपालिकालाई पचास हजार मुल्य बराबरको ५ थान थर्मल गन (ज्वरो मापन गर्ने ) समेत उपलब्ध गराएको संघका महासचिव ध्रुव कनालले बताउनुभयो ।
साथै यसैबिच धुलाबारीका युवा ब्यवशायी तथा मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष कपिल क्षेत्रीले ब्यक्तिगत रुपमा २१ हजार नगरको राहत कोषमा जम्मा गर्नु भएको छ । क्षेत्रीले उक्त रकमको चेक नगरप्रमुख र उपप्रमुखलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो ।

