adv

लकडाउन झनै कडाः एक स्थानीय तहदेखि अन्य स्थानीय तह समेत जान नपाइने

काठमाण्डाै, २२ चैत्र । 

शनिबार बसेकाे मन्त्रीपरिषदकाे बैठकले लकडाउनलाइ अझै कडाइ गर्नु पर्ने निर्णय गरेकाे छ । एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा जान समेत नपाइने मन्त्रीपरिषदले निर्णय गरेकाे छ ।

वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सरकाले कैलाली, कञ्चनपुर र बाग्लुङमा काेराेना भाइरस संक्रमण सम्भावित व्यक्तिहरूकाे र्यापिट डायग्नोस्टिक टेष्ट गर्नका लागि अावश्यक तयारी गर्ने निर्णय गरेकाे हाे । गरिएकाे निर्णयलाई कार्यन्वयन गर्नका लागि सम्बन्धीत सबै निकायहरू प्रभावकारी रूपमा लाग्ने जनाएकाे छ ।

संक्रमण फैलिन नदिनका लागि सबैभन्दा उत्तम विकल्प नै मानवदुरी कायम राख्नु भएकाेले पनि लकडाउनलाइ कडाइ गरिएकाे हाे ।

काेराेना भाइरस संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन चैत्र ११ गते देखि घाेषणा गरेकाे छ । विश्वमा नै माहामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरस नेपालमा भने दाेस्राे चरणमा प्रवेशले गर्दा समेत लकडाउन  छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु