दमक, २३ चैत्र ।
मिडिया क्षेत्रमा क्रियाशिल सञ्चारकर्मी देशराज नेम्बाङकाे लेखन तथा निर्देशनमा एउटा सपना शीर्षककाे लघुचलचित्र निर्माण भएकाे छ । झापाकाे दमकबाट सञ्चालित माैलिक टिभि यूट्युव च्यानलले निर्माण गरेकाे लघुचलचित्रमा निरन राईले छाँयाकन गरेका छन् ।

एउटा सपना शीर्षक जसरी वास्तविक जीवनमा पनि सबैले सपना बाेकेकाे हुन्छ । फरक यति हाे सपना फरक फरक हुन्छन् । त्यस्तै कथामा माया पात्रकाे पनि उद्घाेषिका भन्ने एउटा सपना बाेकेकि हुन्छिन् । तर अभिभावकले त्याे सपना नबुझ्दा मायाले घर छाेड्नु परेकाे देखिन्छ ।
चलचित्रमा देशराज नेम्बाङ, काैशिला खेवा, उमा सम्बाहाम्फे, नरवीर गाेम्देल र आेममाया आङदेम्बेकाे अभिनय देख्न सकिन्छ ।

