तेह्रथुम : तेह्रथुम जिल्लाको छथर गाउँपालिका ४ फाक्चामारामा आगालागी हुँदा २ घर र गोठ जलेर नष्ट भएको छ । छथर गाउँपालिका ४ फाक्चामारा हाक्पाराका स्थानीय सुर्य लिम्बुको फुस्को २ घर र गोठ जलेको नष्ट हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको सुक्रबारे प्रहरी चौकीका ईन्चार्च रमेश वनले बताए ।

बिहान करिब ८ बजे अचानक आगलागी हुँदा २ घर र गोठ जलेर नष्ट भएको स्थानीय मनु लिम्बुले बताए । लत्ताकपडा,गरगहना , खाद्यान्न भाडा बर्तन जलेर नष्ट भएको छ । घटना स्थलमा सुक्रबारे प्रहरी चौकी टोलि पुगेको छ । गाउँपालिका अध्यक्षको टोलि जाँदै गरेको गाउँपालिकाले जनाएको छ । ।नयाँबुलन्द

