adv

प्रधानमन्त्रीले ११ बजे देशबासीको नाममा सम्बोधन गर्दै

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११:०० बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जनाइएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रशारणमार्फत् हेर्न सकिने छ । यसअघि प्रधानमन्त्री ओलीले यही विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु