
काठमाण्डौ, २५ चैत्र ।
मुलुकमा भ्रष्टाचार गर्ने जो कोहिलाई पनि सरकारले नछाडने प्रधानमन्त्री केपि शर्मा ओलीले बताउनुभएको छ । मंगलबार रास्ट्रको नाममा सम्बोधन गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।
यतिबेला मुलुक राष्ट्रिय संकटमा परिरहेको समयमा सरकारको आलोचन मात्र गरेर सरकारलाई खुल्याउन खोज्ने प्रतिपक्षीको भुमिका बेमौषमि बाजा बजेको जस्तो मात्र रहेको टिप्पणी गर्नु भएको छ । संकटको समयमा सबैले मिलेर सामना गर्न समेत सुझाउनुभयो ।

लकडाउनकै कारण महामारीलाई फैलिन नदिन ठुलो कदम रहेको बताउनुभयो । यदि लकडाउनलाई प्रभावकारी रुपमा पालना नगरिए भयाभव स्थिति आउनु सक्ने भएकोले अहिले नै सर्तकता अपनाउन उचित रहेको बताउनुभयो ।
कोरोना भाइरस नियन्त्रण गर्नका लागि नेपालले अपनाएको नीति अन्य केहि विकसित मुलुकहरु भन्दा अग्रणी रहेको विश्वमा टिप्पणी भइरहेको समेत बताउनुभयो ।
सरकार यतिबेला कोरोना सकभर संक्रमण फैलिन नदिने र फैलिहाले पनि त्यसलाई नियन्त्रण गर्न पूर्ण तयारीमा जुटेको बताउनुभयो ।

