
हरप्रहरव्यूरो, २५ चैत्र ।
कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्या नेपालमा पनि बढ्दो छ । संक्रमितको संख्या बढेसँगै सरकाले सतर्कता समेत बढाएको छ । सरकार यतिबेला सकभर संक्रमण फैलिन नदिन र फैलिहाले पनि त्यसलाई नियन्त्रण गर्न पूर्ण तयारीमा रहेको बताइरहेको छ ।

जसका लागि मुलुकभर ३० हजार ५ सय ६६ जना अटाउने क्वारेन्टाइनको व्यवस्था गरिएको छ जसलमा हाल ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेको छ । अझै पनि सरकाले २१ हजार ३ सय ९८ जनालाई क्वारेन्टाइनमा अटाउन सक्ने व्यवस्था गरिसकेको छ ।
३ हजार २ सय ५९ वटाको आइसोलेसनको व्यवस्था गरिएको छ । जसमा मुलुकभर ९५ जना मात्र उपचार गराइरहेको छ भने ३ हजार १ सय ६१ वटा आइसोलेसन कोरोना भाइरस संक्रमित नयाँ व्यक्ति भेटिएमा उपचार गराउन तयारी अवस्थामा रहेको छ ।

