adv

कांकरभिट्टा खानेपानीको १ लाख नगरको कोरोना राहत कोषलाई

मेचीनगर, २५ चैत्र ।

झापाको मेचीनगर नगरपालिकाको कोरोना राहत कोषमा कांकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले एक लाख रूपैंया रकम हस्तान्तरण गरेको छ । मंगलबार मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य र उपप्रमुख मिना पोखरेल उप्रेतीलाई संयुक्त रुपमा समितिका अध्यक्ष हर्क फियाक, कोषाध्यक्ष दिलिप सुबेदी सहितका पदाधिकारीहरुले सो रकमको चेक हस्तान्तरण गर्नु भएको हो ।

नगरप्रमुख र उपप्रमुखलाई चेक हस्तान्तरण गर्दै खानेपानीका अध्यक्ष हर्क फियाक लगायत अन्य पदाधिकीहरू

बिश्वब्यापी महामारीका रूपमा रहेको कोरोना भाइरस(कोभिड-१९) को संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण दैनिक ज्यालादारी मजदुर र विपन्न परिवारको दैनिकी कष्टकर हुंदै गएको र परिवारको गुजारा चलाउन नगरपालिकाले राहत वितरण गर्न सहज होस् भन्ने  उद्देश्यले समितिको सामाजिक राहत कोषबाट रकम जम्मा गरिएको काकरभिट्टा खानेपानीका अध्यक्ष हर्क फियाकले हरप्रहर न्युजलाई बताउनुभयो ।

यसैगरी उपभोक्ता सदस्य संख्याका आधारमा मेचीनगर वडा न: ३ लाई नगद रू पांच हजार ,वडा न: ५ लाई दश हजार,वडा न:६ लाई पच्पन्न हजार,वडा न:७ लाई पन्ध्र हजार र वडा न: ८ लाई पन्ध्र हजार भोलि बुधबार खानेपानीको सामाजिक राहत कोषबाट वितरण गरिने समितिका कार्यलय प्रमुख दिपक पोखरेलले बताउनुभयो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु