adv

माङसेबुङ गाउँपालिकामा भोलिदेखि राहत वितरण गरिदै

माङसेबुङ, २५ चैत्र ।

इलामको माङसेबुङ गाउँपालिकाका ६ वटै वडाहरुमा भोलि बुधबार देखि राहत वितरण गरिने भएको छ । गाउँपालिका भरिका १ हजार १ सय ९४ घरपरिवारलाई राहत वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताउनुभयो ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिनका लागि सरकारेले गत चैत्र ११ गते देखि देशभर लकडाउन घोषण गरेको छ । पहिलो चरण चैत्र ११ गते देखि १९ गते सम्म, दोस्रो चरण चैत्र २५ गते सम्म र अहिले तेस्रो चरण बैशाख ३ गतेसम्म लकडाउनको समय थप गरिएको छ । यस अवस्थामा माङसेबुङ गाउँपालिका भित्रका दैनिक ज्याला मजदुरी गरेर खाने, विपन्न परिवारलाई बढि संकटमा परेको अवस्थामा अत्यावश्यक दैनिक उपाभोग्य सामग्रीहरु वितरण गर्न लागिएको अध्यक्ष इदिङगोले बताउनुभयो ।

गाउँपालिका भरिका संकटमा परेका १ हजार १ सय ९४ घरपरिवार मध्ये ९ सय ८९ घर परिवार जसको २ जनाभन्दा बढी परिवार संख्या छ सो परिवारलार्र्ई २५ केजी चामल, ३ केजी दाल, २ केजी नुनु, २ लि. खानेतेल, २ केजी मटर, १ केजी सोयाबिन, नुहाउने साबुन २ वटा र लुगा धुने साबुन १ वटा उपलब्ध गराइने छ । २ जनासम्म रहेको २ सय ५ परिवारलाई भने तोकिएको सबै कुराहरुको आधा सामग्री उपलब्ध गराईने छ ।
गाउँपालिकाको वडा नं. १ का १ सय ३६ घरपरिवारलाई राहत वितरण गरिने भएको छ । यो संख्या वडाको कुल घरसंख्याको १९.८६ प्रतिशत हो । त्यस्तै राहत पाउनेमा वडा नं. २ मा १ सय २० परिवार रहेको छ यो वडाको परिवारसंख्याको १३.७६ प्रतिशत रहेको छ । वडा नं. ३ मा १ सय ५४ परिवार (१८.६९ प्रतिशत), वडा नं. ४ मा २ सय परिवार (४८.०८ प्रतिशत), वडा नं. ५ मा ४ सय ७५ परिवार (७७.४९ प्रतिशत) र वडा नं. ६ मा १ सय ९ परिवार (२०.९६ प्रतिशत) रहेको छ ।

भोलिदेखी राहत वितरण गर्ने योजनाका साथ आवश्यक राहत सामाग्रीहरु व्यवस्थापन समेत गाउँपालिकाले गरिरहेको अध्यक्ष इदिङगोले बताउनुभयो ।

गाउँपालिकाले कोरोना भाइरसको संक्रमणबाट फैलिन नदिन र सम्भावित व्यक्तिलाई एकलबासको व्यवस्था माङसेबुङ गाउँपालिका वडा नं. ४ स्थित जनता माविमा निर्माण गरिएको अध्यक्ष इदिङगोले बताउनुभयो । उहाले भन्नुभयो– हालसम्म माङसेबुङ गाउँपालिकामा कसैलाई पनि क्वारेन्टाइनमा राख्नु परेको छैन । यो हामी माङसेबुङ गाउँपालिकावासीको सुखद कुरा हो भोलिका दिनहरुमा पनि क्वारेन्टाइनमा कसैलाई पनि राख्न नपरोस् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु