adv

चेरी क्लव दमककाे आयाेजनामा रक्तदान सम्पन्न

दमक, २७ चैत्र । 

झापाकाे दमकमा अवस्थित चेरी क्लव दमकका २० जना सदस्यहरूले रक्तदान गरेका छन् । सदस्यहरूले बिहिबार नेपाल रेडक्रस साेसाइटी उपशाखा दमककाे रक्तसञ्चार विभागमा गएर रगत दान गरेका हुन् । नेपाली कांग्रेस महासमिति सदस्य मेदनी सिटाैला र क्लवका संयाेजक उमाकान्त आचार्यले रक्तदान गरी सुरूवात गरेका हुन् ।

विश्वमा काेराेना भाइरसका कारण जनजीवन अस्तव्यस्त बनिरहेकाे अवस्थामा सबैतिर रगत अभाव भइरहेकाे छ । रगतकाे अभाव भन्ने समाचार सुनेपछि सामाजिक सञ्जालमा नै क्लवका सदस्यहरूसँग छलफल गरी रक्तदान गर्न नेपाल रेडक्रस साेसाइटी दमक शाखा पुगेकाे क्लवका सदस्य भवानी काफ्लेले बताए ।

रगत दान गर्दैगर्दा लकडाउनलाइ पालना गर्दै काेराेना संक्रमणकाे जाेखिमलाइ समेत मध्यनजर गरी क्लवका सदस्यहरू एक एक जना रक्तसञ्चार पुगेर रक्तदान गरेकाे क्लवका संयाेजक उमाकान्त आचार्यले बताए। रक्तदान कार्यक्रम नै आयाेजना गर्दा अझ काेराेनाकाे संक्रमणकाे सम्भावना बढि रहेकाेले समेत रेडक्रसमा नै गएर रक्तदान गरिएकाे संयाेजक आचार्यले बताए ।

कार्यक्रममा नेका महासमिति सदस्य महासमित सदस्य दिल बहादुर बुढाथोकी, जिल्ला सदस्यहरू रबि केसि, बिक्रम अधिकारी, लोकतान्त्रिक उधोग बाणिज्य संघ दमकका अध्यक्ष बबरजङ थापा किरण लगायतकाे उपस्थिति थियाे । चेरी क्लब दमकले दमक आसपासकाे क्षेत्रहरूमा विभिन्न सामाजिक गतिविधिहरू गर्दै आइरहेकाे छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु