
मेचीनगर, २७ चैत्र ।
कोरोना भाईरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण विचल्लीमा परेका यात्रुलाई होटल व्यवसायी संघ मेचीनगरले सामुहिक खाना खुवाउने भएको छ । आज साँझदेखिनै उनीहरुलाई खाना खाने व्यवस्था गरिएको भए पनि भोलि (शुक्रबार) बाट मेस स्थापना गरेर खाना खाने व्यवस्थापन गरिएको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष गोपाल श्रेष्ठले बताए ।
कोरोना भाइरसका कारण लकडाउनमा परेका यात्रुहरु काँकरभिट्टा विभिन्न होटलमा गएको दुई सातादेखि बसिरहेका छन् । उनीहरुसँग भएको पैसा सकिएको र होटलले पनि लामो समयसम्म खुवाउन नसक्ने भएपछि सामुहिक खानाको व्यवस्था गर्नु परेको अध्यक्ष श्रेष्ठले बताए ।
अझै जारी लकडाउन कति समयसम्म लम्बिन्छ भन्ने टुंगो नभएका कारण होटलमा बसोवास गर्नेहरु विचल्लीमा पर्न थालेका छन् ।

