adv

चुलाचुली मिडियाकाे आयाेजनामा लकडाउन फोटो भिडियो प्रतियोगिता हुने

चुलाचुली, २७ चैत्र । 

आवाज विहिनका आवाज भन्ने नारालाइ आत्मसाथ गर्दै आवाज विहिनहरूकाे आवाज बनिरहेकाे  “चुलाचुली मिडिया”ले लकडाउन फोटो एण्ड् भिडियो च्यालेन्जको खुल्ला प्रतियोगिता गर्ने भएको छ ।

यहि अप्रिल १० ९चैत्र० देखि अप्रिल १७ ९बैशाख० सम्म हुने खुल्ला प्रतियोगितामा एक देखि तीन मिनेट सम्मको भिडियो पठाउनु पर्ने छ । भिडियो विधामा गायन, नृत्य, अभिनय रहेको छ भने, फोटोग्राफीमा दुई वटा फोटो पठाउनु पर्ने छ ।

‘विश्वव्यापी कोभिड–१९ को महामारी तथा संक्रमणको त्रासले लकडाउनमा बस्नु भएका सम्पुर्ण नेपालीहरुमा थोरै भए पनि मानसिक राहत बाड्ने उदेश्यले विभिन्न प्रतिभा हुनेहरुका लागि खुल्ला अनलाइन प्रतियोगिता आयोजना गरिन लागेको कार्यक्रमका संयोजक संजय लाम्गादेले भन्नु भयो ।’

लकडाउनको प्रभाव तथा लकडाउनले मानिसका जनजीवनमा पारेको प्रभावहरुलाई विषय बनाएर एचडी क्वालेट्ीमा मोवाइल वा डेस एल आर क्यामराबाट भिडियो खिचेर आयोजकले दिएको इमेल र फेसबुक पेजको मेसेज बक्समा पठाउनु सकिने छ ।

भिडियो तथा फोटोको छनौट सम्बन्धीत विधाका निर्णयकहरबाट गरिनेछ । छनौट भएका भिडियो र फोटो युटुव र फेसबुक पेजबाट सार्वजनिक हुने छ । बैशाख पन्ध्र गते उत्कृष्ट प्रतिभाहरुको नाम सार्वजनिक गर्ने आयोजकले जानकारी गराएका छन् ।

प्रतियोगितामा विजेता बन्नु हुनेहरुका लागि प्रथम पुरस्कार १५ हजार,  दोस्रो ७ हजार ५ सय र  तेस्रो ४ हजार ५ सय सहित विभिन्न अवसर समेत रहेकको आयाेजकले जनाएकाे छ ।

थप जानकारीका लागि कार्यक्रम संयोजक ः ९८२५९८०२०१ र व्यावस्थापन ः ९८१६०४२९५८ नम्बरहरूमा सम्पर्क गर्न सकिने जनाएकाे छ ।

https://youtu.be/qvd-oozujgM

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु