adv

२ नम्बर प्रदेशका किसानहरूको ४ महिनाको व्याज सरकारले तिर्ने

 

जनकपुरधाम, २८ चैत ।  २ नं. प्रदेश सरकारले किसानहरुले बैंक, वितिय संस्था वा सहकारी बाट लिएको ऋृणको ४ महिनाको व्याज प्रदेश सरकारले तिरिदिने निर्णय गरेको छ । कोरोना महामारी संक्रमण फैलिन नदिन सरकारले घाेषणा गरेकाे लकडाउनका कारण किसानहरुमा परेकाे असरलाइ मध्यनजर गरि प्रदेश सरकारले साे निर्णय गरेकाे हाे । 

साथै कोरोना महामारी विरुद्ध रोकथाम , नियन्त्रण तथा उपचारमा खटिने कर्मचारीहरूका लागि काेराेना संक्रमणबाट मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले ५० लाख रुपैया राहत दिने निर्णय गरेको छ ।

प्रदेश सरकार मन्त्री परिषदको आज शुक्रबार सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रणका लागि नियन्त्रण, रोकथाम तथा उपचारकार्यमा संलग्न हुने निजामति वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी, वा अन्य कर्मचारी तथा पदाधिकारीलाई कोरोनाको सक्रमण भई मृत्यु भए पीडित परिवारलाई ५० लाख राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।

मन्त्री परिषदको बैठकले कृषि कर्मको लागि किसानहरुले ५ लाख सम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशत सम्मको ४ महिनाको व्याज प्रदेश सरकारले तिर्ने निर्णय गरेको छ ।त्यसैगरि पाँच लाख देखी १५ लाख सम्मको ऋणमा १२ प्रतिशत सम्मको व्याजदरमा ५० प्रतिशत, १५ लाख देखी ३० लाख सम्मको ऋणमा ४० प्रतिशत र ३० लाख भन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्री परिषदले निर्णय गरे बमोजिम व्याज तिरि दिने निर्णय गरेको सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनाउनु भएको छ ।

यसका अतिरिक्त दुध, फल फुल , तरकारी , कुखुरा तथा माछामा समेत राहत उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको छ ।

Advertise Expired !

2 thoughts on “२ नम्बर प्रदेशका किसानहरूको ४ महिनाको व्याज सरकारले तिर्ने

  1. दूधमा कति राहत दिनूहूनछ मनत्री जयू यो कूरा बताई दिनू भए भने अति रामरो हूनछ ।

Leave a Reply

सम्बन्धित शीर्षकहरु