adv

लकडाउन सकिएकाे ३ दिन पछि देखि अदालत खुल्ने

काठमाण्डाै, २८ चैत्र । सरकारले लकडाउन खुलाएको तीन दिनपछिमात्र देशभरका अदालत खुल्ने भएका छन् । सर्वोच्च अदालतले शुक्रबार विज्ञप्ति जारी गर्दै साे कुरा बताएकाे हाे ।

लकडाउनको अवस्था समाप्त भएपछि तीन दिनकाे समयदेखि नियमित रूपमा मुद्दा सुनुवाइ लगायतका अन्य काम अघि बढ्ने विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

सरकारले यसअघि चैत २५ गतेसम्म लकडाउन गरेको आधारमा सर्वोच्चले चैत २८ गतेसम्म अदालत बन्द गरेको थियो । शुक्रबारबाट सो अवधि सकिएपछि बैशाख ३ सम्म बन्द गर्ने निर्णय सर्वोच्चले गरेको छ ।

सर्वाेच्च अदालतबाट जारी प्रेस विज्ञप्ती

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु