adv

नेपालमा हालसम्म ३ हजार बढीको कोरोना परिक्षण

काठमाडौँ २८,चैत्र ।
नेपालमा हालसम्म ३ हजार ५ सय २४ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको ’मिडिया ब्रिफिङ’का क्रममा प्रवक्ता डा विकास देवकोटाले मुलुकमा कोरोना परीक्षण बढिरहेको बताए ।

२४ घण्टामा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४०१ नमुना परीक्षण भएको छ भने उपत्यका बाहिर २२९ नमुना परीक्षण गरिएको र  आइसोलेसनमा देशभरी १२५ जना रहेका छन् ।

जसअन्तर्गत काठमाडौंमा १५ जना आइसोलेसनमा छन् भने उपत्यकाबाहिर १०० जना रहेका छन्। क्‍वारेन्टाइनमा हालसम्म ८ हजार ६६० जना रहेको पनि प्रवक्ता देवकोटाले बताए

आरडीटीबाट गरिने परीक्षणमा कैलालीमा ३३९ नमुना परीक्षण भएका छन् भने कञ्चनपुरमा १३७ नमुना परीक्षण गरिएको छ र सबैको रिपोर्ट नेगेटिभ नै आएको छ। कपिलवस्तुमा २१ वटा परीक्षण भएका छन् बागलुङमा १९ वटा परीक्षण भएका छन् र यी परीक्षणको नमुना पनि नेगेटिभ नै आएको छ।

अरु जिल्लामा पनि परीक्षण सुरु भएको र नतिजा र परीक्षणको संख्या आउन बाँकी रहेको प्रवक्ता देवकोटाले बताए। कोसी अस्पतालमा शुक्रबारबाट पीसीआरबाट कोरोना परीक्षण सुरु भएको बताइएको छ। यसैगरी देशभरी ११ स्थानमा कोरोनाको परीक्षण भइरहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु