adv

झापामा पहिलाे पटक काेराेना परिक्षण, परिक्षण गरिएका सबै नेगेटिभ

झापा, २८ चैत्र । झापामा पहिलाे पटक र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना परीक्षण गरिएको छ । तीन क्वारेन्टिन र एक आइसोलेसन गरी जम्मा ४९ जनाको विहीवार परीक्षण गरिएका सबै नमुनामा नेगेटिभ रिपोर्ट आएको हाे ।

आरडीटी किटबाट परीक्षण गरिएकाहरुको रिपोर्ट नेगेटिभ आएको भए तापनि विदेशबाट आएका, धेरै उमेरका र केही मिल्दोजुल्दो लक्षण भएका १८ जना छानेर उनीहरुको थ्रोट स्वाव लिएर परीक्षणका लागि पठाइएको छ ।

आरडीटी किट लिएर प्रदेश नं. १ को प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट चिकित्सकको एक टोली विहीवार झापा आएको थियो । टोली परीक्षणका लागि मेची अञ्चल अस्पताल र चार वटा क्वारेन्टिनमा पुगेको थियो ।

स्वास्थ्य कार्यालय झापाले १५ वटै स्थानीय तहको क्वारेन्टिनमा बसेका व्यक्तिको आरडीटी तथा स्वाबको नमुना परीक्षण गरिने जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु