adv

काँकरभिट्टाका विभिन्न होटलमा बसेका ५६ जना यात्रुको र्यापिट टेष्ट कोरोना भेटिएन

 

मेचीनगर, २९ चैत्र  ।  

झापा मेचीनगरकाे काकरभिट्टा क्षेत्रका विभिन्न हाेटहरूमा बसेका ५६ जनाकाे र्यापिट डाइग्नाेष्टिक टेष्ट गरिएकाे छ । परीक्षण गरिएका सबै नमुनामा नेगेटिभ रिपोर्ट आएको छ ।

कोरोना भाइरसको संक्रमण राेकथामका लागि जारि गरिएको लकडाउनका कारण २० दिनदेखि काँकरभिट्टाका विभिन्न होटलमा बसेका ६६ जनामध्ये ५६ जना यात्रुको शुक्रबार र्यापिट डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना परीक्षण गरिएको हाे । बाँकीको किट अभाव कारण रगत परिक्षण हुन सकेकाे छैन ।

झापामा पहिलोपल्ट प्रदेश सरकारले क्वारेन्टाइनमा १४ दिनको बसाई पूरा गरेकाहरुमा आरडीटी किट प्रयोग गरी कोरोनाको जाँच सुरु गरेको हो । यसमा व्यक्तिको रगतको नमुना लिइएको थियो । होटलमा बसेको २० दिन भएकाले आरडीटी किटबाट परीक्षण गरिएकाहरुको रिपोर्ट नेगेटिभ आएको भए तापनि उनीहरुको थ्रोट स्वाव परीक्षण भने गरिएको छैन ।

यात्रुहरु काँकरभिट्टा स्थित लामा होटलमा १२, मयुरमा ५, देउरालीमा ३, झापाली गेष्ट हाउसमा १८, मुनालमा २, आंसिमा ९, अर्किटमा ४, शर्मामा २, कामरुपमा ३ र हलेसी होटलमा ८ जना ६६ जना यात्रु रहेको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) ले बताए । नेपालका पश्चिमबाट आएर काँकरभिट्टाका होटलमा बसेका अधिकांश बाजुरा, दैलेख, धादिङ, कोहलपुर, सुर्खेत, नेपालगञ्ज, मौली, काठमाडौँ र भारत लगायतका छन् ।

१५ वटै स्थानीय तहको क्वारेन्टाइनमा बसेका व्यक्तिको आरडीटी तथा स्वावको नमुना परीक्षण गरिने स्वास्थ्य कार्यालय झापाले जनाएको छ । र्यापिट डाइग्नोस्टिक टेस्ट (आरडीटी) कोरोना भाइरसको परीक्षण गर्ने यो नयाँ विधि हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु