दमक, २९ चैत्र ।
धिमालहरूकाे माैलिक पर्व जातिरी (मेला) यसवर्ष नलाग्ने भएकाे छ । प्रत्येक वर्ष बैशाख २ गते लेटाङ नगरपालिका वडा नं. १ धिमाल रानारानीबाट सुरू हुने यसवर्ष काेराेना भाइरसका कारण स्थगित भएकाे धिमाल जातिय विकास केन्द्र केन्द्रीय समितिले विज्ञप्ती जारी साे कुरा बताएकाे हाे ।

धिमालहरूले यस पर्वमा यस्तै महामारी राेगहरू नफैलियाेस, राेगव्याधिहरू नलागाेस, बालीनाली राम्राे हाेस, समयमा वर्षात हाेस, जंगली जनावरकाे आक्रमण नहाेस भनी प्रकृतिलाई पुजा गरी मनाउने चलन रहिआएकाे छ ।
तर यस वर्षभने विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसका कारण नेपालमा पनि बैशाख ३ गतेसम्म लकडाउन घाेषणा गरेकाे छ । याे महामारीकाे अवस्थामा जातिरी नलाग्ने भएकाेले सिमित व्यक्तिहरूमा धिमाल राजारानीमा गएर पुजा गर्ने धिमाल जातिय विकास केन्द्रका केन्द्रीय अध्यक्ष तेजबहादुर धिमाल र महासचिव केदार धिमालद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।


