adv

पश्चिम बंगालमा ६ जना नयाँ कोरोना संक्रमित थपिए,लकडाउन अप्रिल ३० सम्म बढाइयो

काँकरभिट्टा(झापा),  ३० चैत्र । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले शनिबार थप ६ जना कोरोना संक्रमित थपिएको जानकारी दिएकी छन्। पश्चिम बंगालमा हालसम्म १ सय १६ जना कोरोनाका शंकास्पद बिरामी फेला परेका छन्।

जसमध्ये ५ को मृत्यु भएको छ। १९ जनामा संक्रमण पुष्टि भइसकेको छ। १९ जना उपचारपछि घर फर्किएका छन्। थपिएका ६ संक्रमितसँगै ९५ जना उपचाररत छन्।भारतीय सञ्चारमाध्यमलाई जानकारी दिँदै मुख्यमन्त्री बेनर्जीले पश्चिम बंगालमा लकडाउनको अवधि बढाएर अप्रिल ३० सम्म पुर्‍याएको बताइन्। ‘संक्रमित थपिएका थपिएै छन्, यस्तो अवस्थामा लकडाउन जारी राख्नुको विकल्प छैन,’ उनले भनिन्। प्रधानमन्त्री नरेन्द्र मोदीसँगको बैठकपछि लकडाउनको समयावधि थप गरिएको उनको भनाइ छ। लकडाउनका बेला घरमै बसेर कोरोना संक्रमण न्यूनीकरण सहयोग गर्नसमेत उनले आह्वान गरेकी छन्। आगामी १० जुनसम्म स्कुल तथा कलेज पूर्ण रुपमा बन्द गर्न उनले राज्यको शिक्षा मन्त्रालयलाई निर्देशन दिएकी छन्।

पश्चिम बंगालले लकडाउनको समय बढाएसँगै यसको प्रत्यक्ष प्रभाव सीमावर्ती नेपाली सहरमा देखिनेछ। मेचीपारि नक्सलबारी क्षेत्रमा समेत कोरोनाका ६ जना संक्रमित भेटिएको सूचना सामाजिक सञ्जालमार्फत शुक्रबार बाहिरिएको थियो। तर, स्थानीय प्रशासनले संक्रमणको पुष्टि गरेको छैन। अन्तर्राष्ट्रिय सीमावर्ती सहरमा भएको संक्रमणबारे स्थानीय प्रशासनले गोप्य राखेको बुझिएको छ। ‘भारतीय अधिकारीले कोरोना संक्रमितको सूचना बाहिर जान दिएका छैनन्,’ सिलिगुडीका एक पत्रकारले भने, ‘त्यही कारण नक्सलबारीको घटना गोप्य राखिएको हुन सक्छ।’

कालिम्पोङकी एक महिलाको कोरोनाका कारण मृत्यु भएपछि स्थानीय प्रशासनले संक्रमितको नाम र संख्या गोप्य राख्न थालेको छ। महिलाको उपचारमा संलग्न एक नेपालीभाषी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। हाल उपचाररत उनको ‘ट्राभल हिस्ट्री’ बुझ्दा उनी केही दिनअघि नक्सलबारी नजिकै रथखोलास्थित आफन्तको घरमा आएर बसेकी बुझिएको छ। ‘संक्रमित नर्स बसेको घरका सबैलाई उपचारका लागि लगिएको छ,’ स्थानीय शैली सरकारले भने।

सिलिगुडी प्रेस क्लबका अध्यक्ष प्रमोद गिरीका अनुसार कालिम्पोङकी ती महिलाका १० जना परिवारमा संक्रमण पुष्टि भएको छ।(कान्तिपुरबाट)

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु