adv

सहारा नेपालको झापाका सबै स्थानीय तहलाई १३ लाख १५ हजार आर्थिक सहयोग

झापा, ३० चैत्र । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनमा विपन्न वर्गलाई खाद्यान्न उपलब्ध गराउन सहारा नेपाल (साकोस)ले झापाका सबै पालिकालाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

एकद्वार नीतिबाट लकडाउनका कारण दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकाका परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले झापाका १५ वटै पालिकालाई नगद उपलब्ध गराइएको सहारा नेपालले जनाएको छ । सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीका अनुसार झापाका सबै पालिकालाई १३ लाख १५ हजार उपलब्ध गराइएको छ ।

उनका अनुसार ८ वटा नगरपालिकालाई १ लाख ११ हजार र ७ वटा गाउँपालिकालाई ६१ हजारका दरले राहत रकम उपलब्ध गराइएको छ । त्यस्तै, सहारा नेपालको कार्य क्षेत्र रहेको पूर्वका ६ वटा जिल्लालाई पनि सहयोग गरिएको छ ।

प्रत्येक नगरपालिकालाई ५० हजार र गाउँपालिकालाई २५ हजारका दरले रकम उपलब्ध गराइएको छ भने विराटनगर उपमहानगरपालिकालाई १ लाख ११ हजार आर्थिक सहयोग गरिएको छ ।

यसैबीच, सहारा नेपाल बचत तथा ऋण सहकारी सस्था झापाले मेचीनगर राहात कोषमा १ लाख ११ हजार सहयोग गरेको हो ।आइतवार नगरपालिका कार्यालयमा सहारा नेपाल साकोस हावस सेवा केन्द्र मेचीनगरका संयोजक भगिरथ शर्मा सुवेदीले मेचीनगर प्रमुख बिमल आचार्यलाई १ लाख ११ हजारको चेक रकम हस्ताणतरण गरेका हुन् । हस्तान्तरण कार्यक्रमा मेचीनगर विपाद् व्यवस्थापन समिमि संयोजक टिकाराम मंग्राती साहारा नेपालका लोहित प्रसाद चापागाई, मुकेश कार्की, अरुण श्रेष्ठ, खेमराज पुरी र किसन गौतमलगायतको उपस्थिति रहेको थियो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु