काठमाडौं, १ वैशाख । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । क्वारेन्टिनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् । हालसम्म नेपालमा ५ हजार ६ सय ९१ जनाकाे काेराेना परिक्षण गरिसकेकाे छ ।
साेमबार नै कैलाली जिल्ला लम्किचुवा नगरपालिकाकाे क्वारेन्टिनमा रहेकी ६५ वर्षीय महिलामा पनि काेराेना देखिएकाे हाे । उनिहरूकाे राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा काेराेना परिक्षण गरिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

