adv

र्‍यापिड टेस्टमा पोजेटिभ भेटिएकी महिलाको स्वाब परीक्षणमा कोरोना देखिएन

पोखरा,१ बैशाख । – र्‍यापिड डाइग्नोस्टिक किटबाट गरिएको परीक्षण्मा कोभिड १९ पोजिटिभ देखिएकी बागलुङकी एक महिलाको स्वाब परीक्षणमा भने कोरोना देखिएन ।

बागलुङको काठेखोला–६ की ६५ वर्षीया महिलाको शनिबार गरिएको टेस्टमा पोजिटिभ देखिएपछि उनको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा स्वाब परीक्षण गरिएको थियो । ‘र्‍यापिड टेष्टमा पोजिटिभ देखिए पनि प्रयोगशालामा स्वाब परीक्षणमा नेगेटिभ नतीजा आयो,’ गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले भने, ‘उनको आइतबार स्वाब परीक्षण गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौका अनुसार र्‍यापिड टेष्टमा गरिने परीक्षण ६० प्रतिशत मात्र विश्वसनीय हुन्छ। ठूलो संख्यामा टेष्ट गर्दा किट मार्फत र्‍यापिड टेष्ट गरिन्छ,’ उनले भने ‘र्‍यापिड टेष्ट गर्दा पोजेटिभ देखिए पिसिआर मेसिनबाट टेष्ट गरेपछि मात्र भेरिफाई हुन्छ।’ ती महिला लकडाउनअघि भारतको गया तीर्थयात्रामा गएर फर्केकी थिइन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु