adv

नेपालसहित २५ राष्ट्रलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट सहुलियत

काठमाडौं, २ बैशाख ।
कमजोर अर्थतन्त्र भएका नेपालसहित २५ राष्ट्रलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट सहुलियत प्राप्त हुने भएको छ । आयस्रोत न्यून भएका नेपाल लगायत गरिब मुलुकहरुलाई आईएमएफले तत्कालीन सहायता स्वरूप यस्तो सुविधा उपलब्ध गराउन लागेको हो ।

गरिब मुलुकहरुलाई सहुलियत प्रदान गर्न खोलिएको सीसीआरटी कोषमार्फत सहायता उपलब्ध हुने आईएमएफकी प्रवन्ध निर्देशक क्रिस्टालीना जर्जियवाले जारी गरेको विज्ञपितमा उल्लेख छ । पहिलो चरणमा यस्तो सहायता ६ महिनासम्मका लागि घोषणा गरिएको हो ।
सहायता अन्तर्गत आईएमएफबाट लिएको ऋणको दायित्व पुरा गर्न मुलुकहरुले कोषको उपयोग गर्न सक्ने छन् ।

त्यस्तै सीसीआरटीको रकम मुलुकहरुले कोरोना भाइरससँगको लडाइँमा समेत प्रयोग गर्न सक्ने छन् । सीसीआरटी कोषमा हाल पाँच सय मिलियन डलर उपलब्ध रहेको बताइएको छ । बेलायत र जापानले उपलब्ध गराएको एक सय ८५ मिलियन र एक सय मिलियन डलर रकम प्रयोग गरिने भएको हो ।

चीन र नेदरल्याण्ड्सले पनि कोषमा सहायता रकम उपलब्ध गराउने आईएमएफको भनाइ छ । त्यस्तै कोषमा अन्य विकसित मुलुकले समेत सहयोग गरी रकम बढाउनु पर्ने बताइएको छ । एसियाका नेपालसहित अफगानिस्तान कम आयस्रोत भएका २५ राष्ट्रमा परेका छन् । अरु अफ्रिकी मुलुकहरु रहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु