
काठमाण्डाै, २ बैशाख । मन्त्रीपरिषद्काे बैठकले भारतसँगकाे सीमामा आवतजावत अनिश्चितकालसम्मलाई बन्द गर्ने निर्णय गरेकाे छ । सरकारले चाैथाे पटक लकडाउनकाे समय १२ दिन थप्ने निर्णय गरेसँगै छिमेकी भारतसँगको आवतजावतमा कडाइ गर्ने भएकाे हाे ।
लकडाउनको समयमा नै संक्रमितहरु भारतबाट नेपाल प्रवेश गरेको खुलासा भएपछि सरकारले सीमामा थप कडाइ गर्ने पनि निर्णय गरेको छ। कञ्चनपुर र रौतहटका संक्रमित युवा लकडाउन घोषणा गरिएपछि पैदलै नेपाल प्रवेश गरेका थिए।

अत्यावश्यक सामाग्री र खाद्यवस्तुको आपुर्तिलाई भने रोकिने छैन। संक्रमण बढ्न थालेपछि भारतले पनि मंगलबार नै २१ दिने लकडाउनलगत्तै अर्को १९ दिन लकडाउन थप गरिसकेको छ।
भारतमा काेराेना संक्रमण बढिरहेकाे छ । भारतमा काेराेना प्रकाेप सामान्य अवस्था नभइन्जेलसम्मलाइ आवतजावत बन्द गर्ने निर्णय गरेकाे कान्तिपुरले उल्लेख गरेकाे छ ।

