काठमाडौं, २ बैशाख । विभिन्न भागमा चलेको हावाहुरी चट्याङका कारण बुधाबार राती करिब १५ मिनेट राष्ट्रिय विद्युत प्रसारण लाइनमार्फत वितरित विद्युत सेवा अवरुद्ध भएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार करिब ८.४५ बजेदेखि ९ बजेसम्म देशभरको प्रशारण तथा वितरण प्रणाली अवरुद्ध भएको छ ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपमहानिर्देशक हरराज न्यापानेले देशका अधिकांश भागमा सेवा अवरुद्ध हुन पुगेको बताए । उनले अवरुद्ध भएको सेवा सुरु भइसकेको पनि बताए ।

