adv

सक्रिय युवा क्लवद्वारा सागसब्जी वितरण

दमक, २ बैशाख । झापाकाे दमक ७ स्थित सक्रिय युवा क्लबले क्लवका सदस्यहरूलाइ मंगलबार हरियाे सागसब्जी वितरण गरेकाे छ ।

फलफुल तथा सब्जी बजार दमकका सचिव बिपिन बस्नेत, सदस्य राज शाहकाे सहयाेगमा ४७ घरपरिवारलाइ साे सागसब्जी वितरण गरिएकाे क्लवका अध्यक्ष अतित राईले बताए ।

हरप्रहरसँग कुरा गर्दै अध्यक्ष राईले भने– जति आवश्यक्ता थियाे त्यति नहाेला तर सकेकाे सहयाेग गराै भनेर सब्जी वितरण गरेका हाैं । अभियानका सहयाेगी क्लवका सल्लाहकार शंकर रोक्का ज्यु, टोल बिकास समितिको समपूर्ण पदाधिकारीहरु लगायत क्लबका सदस्यहरुमा आभार व्यक्त गरे ।

काेराेना संक्रमण राेकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घाेषणा गरेकाे छ । चैत्र ११ गते देखि सुरू भएकाे लकडाउनकाे चाैथाे पटक समय थप गर्दै बैशाख १५ गतेसम्म लम्बाइएकाे छ । जसका कारण दैनिक जनजीवन अस्तव्यस्त बनिरहेकाे छ ।

फाेटाे साैजन्य ः अतित रार्इ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु