adv

विश्वमा काेराेना संक्रमित २० लाख बढी

काठमाडाै, ३ बैशाख । विश्वमा काेराेना भाइरस संक्रमित २० लाख ७ सय ७९ जना पुगेकाे छ । संक्रमितमध्ये ४ लाख ८४ हजार ८ सय ३१ जनाले पूर्ण स्वास्थ्यलाभ गरिसकेका छन् ।

काेराेना भाइरसका कारण समाचार तयार पार्दासम्म १ लाख २६ हजार ७ सय७६ जनाकाे मृत्यु भइसकेकाे छ । जसमा अमेरिकामा २६ हजार ६४ जना रहेकाे छ भने स्पेनमा १८ हजार २ सय ५५, इटली २१ हजार ६७ जना, फ्रान्समा १५ हजार ७ सय २९ जना, युकेमा १२ हजार १ सय ७ जनाकाे मृत्यु भइसकेकाे छ ।

पछिल्लाे २४ घण्टाकाे तथ्याङ्कलाइ हेर्ने हाे भने चीनमा ८९ जना नयाँ काेराेना संक्रमित भेटिएकाे तर मृत्यु भने नभएकाे देखिन्छ । चीनमा काेराेना संक्रमित ७७ हजार ८ सय १६ जना पूर्ण रूपमा स्वास्थ्य भइसकेकाे छ ।

भारतमा हालसम्म ११ हजार ४ सय ८७ जना काेराेना संक्रमित पुगिसकेकाे छ । ३ सय ९३ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भइसकेकाे छ । नेपालसँगकाे खुल्ला सिमानाका कारण पनि नेपाल थप जाेखिममा देखिएकाे छ ।

नेपालमा हालसम्म ५ हजार ६ सय ९१ जनामा काेराेना परिक्षण गरिसकेकाे छ। जसमा १६ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ भने एक जना निकाे भइसकेकाे छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु