adv

गाेरखामा विदेशबाट आएका एक युवामा काेराेना पाेजेटिभ देखियाे

गाेरखा, ३ बैशाख ।  गाेरखा जिल्लाकाे आरुघाट गाउँपालिका वडा नं. ५ का ३१ वर्षीय पुरूषमा काेराेना पाेजेटिभ देखिएकाे हाे । र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट गरिएको काेराेना परिक्षणमा पाेजेटिभ देखिएकाे हाे ।  ती व्यक्ति फागुन २३ गते बहराइनबाट फर्किएका थिए।

उनको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ। विदेशबाट फर्किएको ४० दिनपछि परीक्षण गर्दा उनमा संक्रमण देखिएको हो।

किटबाट परीक्षण गर्दा पोजिटिभ देखिए पनि उनमा कोरोनाको लक्षण नदेखिएको र उनीबिरामी पनि नभएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए। आरुघाटमा विदेशबाट आएका सबैको परीक्षण गरिँदा उनको मात्रै पोजिटिभ देखिएको हो। कान्तिपुरबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु