
काठमाडौं, ३ बैशाख । कागेश्वरी मनहोरा नगरपालिका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा परिक्षण गरिएका दुई सय ९६ जनामा काेराेना नेगेटिभ देखिएकाे हाे ।
अपार्टमेन्टकाे ब्लक ए मा बस्ने एबै परिवारका दुइ जनामा काेराेना संक्रमण देखिए पछि बुधबार बिहान नाै बजेबाट र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको हाे । परिक्षणमा सबै रिपार्ट नेगेटिभ देखिए पछि सबैले तालि बजाएर खुसि व्यक्त गरेका छन् ।

ए ब्लकमा बस्ने सबै र अरु ब्लकमा बस्ने स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक गरी दुई सय ९६ जनाको टेष्ट गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेभिट आएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए ।
सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।

