adv

ओली सरकारले सागमा बिजेता खेलाडीको खातामा पैसा पठायो

काठमाडाै, ४ बैशाख । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीहरुलाई सरकारले दिने भनी घोषणा गरेको नगद पुरस्कार बुधबार बैंक खातामा पठाएको छ ।

नेपालमा सम्पन्न १३औं साग खेलकुदमा नेपालले जम्मा चार सय ३५ पदक जितेको थियो । पदक विजेता खेलाडीका लागि १७ करोड ५३ लाख रुपैयाँ पठाइएको हो ।

९२ पदक विजेताको तीन करोड ६३ लाख तथा ८७ खेलाडीको चार करोड ८२ लाख रुपैयाँ गएको चैत मसान्तमै खेलाडीको खातामा पठाइएको थियो । बाँकी खेलाडीको पुरस्कार रकम बुधबार पठाइएको हो । प्रशिक्षक र संघको पुरस्कार पनि पठाउने सरकारी तयारी छ ।

नेपालले १३ औं सागमा ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य गरी कुल २०७ पदक जितेको थियो । साग खेलकुदमा नेपालको यो नै अहिलेसम्मको कीर्तिमानी इतिहास हो ।

व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई ९ लाख, रजतलाई ६ लाख र काँस्यलाई ३ लाख तथा टिममा स्वर्ण जित्नेलाई ६ लाख, रजतलाई ४ लाख र काँस्यलाई २ लाखका दरले नगर पुरस्कार पठाइएको छ । पुरस्कार रकममा कर कट्टा गरिएको छैन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु