
झापा, ४ बैशाख । झापाकाे हल्दिबारीका एक युवकमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ । २७ दिन अघि दुबईबाट नेपाल आएका उनकाे र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा पाेजेटिभ देखिएकाे हाे ।
उनमा कोरोना संक्रमण भएको वा नभएको निर्यक्योल गर्न नमुना संकलन गरी विराटनगरस्थित प्रयोगशालामा पठाइएको छ ।

प्रदेश नं. १ मा हालसम्म ८ सय ३९ जनाको कोरोना संक्रमण परीक्षण भएको छ । जसमा आरडीटी विधिबाट पाँच सय ५५ जना र दुई सय ८४ जनाको प्रयोगशाला परीक्षण गरिएको छ ।
प्रदेश १ मा हालसम्म प्रयाेगशाला धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अञ्चल अस्पतालमा मात्र छ ।

