adv

लकडाउनकाे समयमा अनलाइन सवारी अनुमतिपत्र कसरी लिने ?

सरकारले लकडाउनकाे समयमा अत्यावश्यक काममा आवतजावत गर्नका लागि अनलाइन पासकाे व्यवस्था गरेकाे छ । प्रशासन कार्यालयबाट वितरण गर्दै गरेकाे पासकाे व्यवस्थालाइ व्यवस्थित गर्नका लागि लनलाइन पासकाे व्यवस्था भएकाे हाे ।

तर, अनलाइन पास कसरी लिने त ? धेरै जनामा चिन्ताकाे बिषय यहि हुन सक्छ । यदि तपाइलाइ स्वास्थ्य सेवा, सुरक्षा सेवा, सञ्चार/पत्रका, दूरसञ्चार/विद्युत, बिरामी/सुत्केरी, दाहसंस्कार, कृषि/पशुपन्छी कार्य, खाद्य दुध पानी, फाेहरमैला व्यवस्थापन, मर्मचारी, ब्यांक/ भंसार, मानवीय सेवा जस्ता अत्यावश्यक काम परेकाे छ भने तपाइले epass.moha.gov.np याे साइटमा गरएर आफ्नाे विवरण सहित अनुमति पासका लागि अनुराेध फारम भर्न सक्नु हुनेछ ।

अर्काे तरिका तपाइले तपाइकाे माेबाइलकाे मेसेज बक्समा गएर कुनै पनि शब्द लेखि १११२ मा सेन्ड गर्नु भयाे भने अनुमति पास फारमकाे साइट तपाइलाइ माेबाइलकाे मेसेजबक्समा प्राप्त हुनेछ ।

तपाइले साइट लगइन गरिसके पछि अनुराेधकाे प्रकारहरू आउनेछ । जसमा व्यक्तिगत र सवारी साधन पास भनेर तपाइले दुइ मध्ये एकमा राेज्नु पर्ने हुन्छ । र आवश्यक्ता अनुसारकाे फारम भरी आफ्नाे कागजात र सहयाेगी कागजात अपलाेड गरिसके पछि बुझाउनुहाेसमा क्लिक गरे पछि तपाइकाे अनुराेध सम्बन्धित ठाउँमा पुग्नेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु