
झापा, ४ बैशाख । झापाको कमल गाउँपालिका ७ मा विहिबार र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिद्वारा कोरोनाको परिक्षण गरिएको छ ।
विदेशबाट आएर हाेम क्वारेन्टिनमा बसेका ७ जनाकाे आरडीटी विधिद्वारा काेराेना परिक्षण गरिएकाे हाे । परिक्षण गरिएकाे सबै रिपार्टहरू नेगेटिभ आएकाे छ ।

यसअघि कमल गाउँपालिका ५ मा ८ जनाकाे परिक्षण गरिएकाेमा सबै रिपाेर्ट नेगेटिभ आएकाे कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङले बताए ।
उनका अनुसार विदेशबाट आएर हाेम क्वारेन्टिनमा बसेका ७४ जनाकाे घरमै पुगेर आरडीटी बिधिद्वारा परिक्षण गरिनेछ ।

