मेचीनगर,४ बैशाख । बुधबार र्यापिट डाइग्नोष्टिक टेष्ट ( आरडीटी) गर्दा कोरोना पोजेटिभ देखिएका झापा हल्दिबारीका युवाको स्वाबको पिसिआर टेष्टमा नेगेटिभ देखिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन तथा जिल्ला विपद व्यवस्थापन समिति सहायता कक्षका सचिव जीवन चौलागाईँका अनुसार युवककाे पिसिआर टेष्टमा नेगेटिभ देखिएकाे हाे। 
हिजै स्वाब संकलन गरेर बिराटनगर स्थीत कोशी अस्पतालमा परिक्षण गरिएको रिपोर्टमा नेगेटिभ आएको अस्पतालले जनाएको छ । पछिल्लो रिपोर्टसंगै ती युवामा कोरोना भाइरस कोभिड १९ नभएको पुष्टि भएको छ । यसअघि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा एन्टीबडी पोजेटिभ देखिएको थियो ।
आरडिटी परीक्षणका क्रममा ती युवामा कोरोनाको एन्टीबडी देखिएपछि स्वाव परीक्षणका लागि कोशी अस्पताल विराटनगर पठाइएकोमा त्यहाँ भएको पीसीआर परीक्षणमा नतिजा नेगेटिभ आएको हो । करीब एक महिना अघि दुबईबाट फर्किएका उनी होम क्वारेन्टाइनमा थिए ।

