
शिवसताक्षी, ४ बैशाख । मनमाया वान्तवा स्मृती प्रतिष्ठानले यसवर्ष संगीतकर्मी राेहित खपाङ्गीलाई पुरस्कृत गर्ने भएकाे छ । ’कला, साहित्य र संगीतमा समर्पित’ भन्ने नाराका साथ झापा शिबसताक्षी–१ धरमपुरमा स्थापना भएको प्रतिष्ठानले यसवर्ष संगीतकर्मी रोहित खपाङ्गीलाई पुरस्कृत गर्ने भएको हाे ।
उनलाई आगामी जेठ १६ गते नगद ११ हजार १ सय ११ रुपैयासहित ताम्रापत्र र दोसल्ला ओढाएर पुरस्कृत गर्ने प्रतिष्ठानका अध्यक्ष शिब किरातीले जानकारी दिए ।

अर्जुनधारा निवासी खपाङ्गी नेपाली गीतसंगीत क्षेत्रमा लामो समयदेखी सक्रिय छन् । खपाङ्गीले नेपाली गीतसंगीत क्षेत्रमा गर्नुभएको महत्वपूर्ण योगदानलाई उच्च मुल्याङ्कन गर्दै पुरस्कृत गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष किरातीले जानकारी दिए ।
तीन बर्षअघि धरमपुरमा मनमाया बान्तवा स्मृति प्रतिष्ठान स्थापना भएको हो । कवि एबम् गीतकार विराट किराती, समाजिक व्याक्तित्व शिब किराती र गजलकार निहाङ किरातीका ममतामयी माता मनमाया बान्तवाको स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको हो ।

