काठमाडाै, ५ बैशाख । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा ३४ हजार ६ सय १७ जनाको मृत्यु भएको छ । काेराेना संक्रमित संख्या ६ लाख ७७ हजार ५ सय ७० जना पुगेकाे छ । अमेरिका कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो ।
न्यूयोर्कमा मात्रै मृतकको संख्या ११ हजार ४ सय ७७ छ । पछिल्लाे २४ घण्टाकाे तथ्याङ्कलाइ हेर्ने हाे भने २९ हजार ५ सय ६७ जना नयाँ काराेना संक्रमित भेटिएकाे हाे ।

अमेरिकामा चार साताको अवधिमा २ करोड १० लाख जनाको जागिर गुमेको छ । अमेरिकामा बेरोजगारीको आँकडामा यो नयाँ रेकर्ड हो ।
अमेरिकी श्रम विभागका अनुसार देशभर ११ अप्रिलसम्म ५२ लाख जना बेरोजगार भएका भएका थिए । त्यसयता ६६ लाख जनाको जागिर गुमेकाे हाे ।

