adv

बेलायतमा थप तीन साता लकडाउन थप्ने निर्णय

काठमाडौँ, ५ बैशाख । — बेलायतले कोरोना भाइरस (कोभिड- १९) संक्रमण नियन्त्रणका लागि लकडाउन ३ साताका लागि थप्‍ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा विदेशमन्त्री डोमिनिक राबले आयोजित दैनिक ‘कोरोनाबारे ब्रिफिङ’ का क्रममा ‘लकडाउन’ थपिएको घोषणा गरेका हुन्।

कोभिड- १९ फैलन सुरु भएपछि गत २३ मार्चमा बेलायतमा पहिलो पटक लकडाउन गरिएको थियो। पहिलो ३ साताको लकडाउन समीक्षापछि संक्रमण अझै नियन्त्रणमा नआएकाले जनस्वास्थ्य र आर्थिक नोक्सानीबाट जोगाउन समयावधि बढाइएको सरकारले जनाएको छ।

बेलायतमा कोभिड- १९ का कारण शुक्रबार बिहानसम्म अस्पतालमा मात्रै १३ हजार ७ सय ५९ जनाको मृत्यु भइसकेको छ। ‘केयर होम’मा मर्नेको संख्या उपलब्ध छैन।

लकडाउन अवधिमा अत्यावश्यक खाद्यान्‍न किनमेल, दैनिक व्यायाम, औषधि उपचार र अत्यावश्यक सेवामा काम गर्ने कर्मचारीबाहेक अरुलाई बाहिर निस्कन अनुमति छैन। सरकारको नियम पालना नगर्नेलाई दण्ड जरिवाना गर्न र भीडभाड हटाउन प्रहरीलाई अधिकार दिएको छ। अहिले व्यापार व्यवसाय, स्कुल, विश्वविद्यालय सबै बन्द छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु