adv

उदयपुरमा एक सय जनाकाे काेराेना परिक्षणमा सबै रिपाेर्ट नेगेटिभ

उदयपुर, ४ बैशाख । उदयपुरमा कोरोना भाइरस (कोभिड–१९)  एकसय जनाकाे स्वास्थय परीक्षण गरिएको छ । परिक्षण गरिएकाे सबै रिपाेर्ट नेगेटिभ आएकाे छ ।

र्‍यापिड डाइग्नोसिस टेष्ट विधि (आरडिटी) मार्फत ५७ जना र पिसिआर विधिबाट ४३ जनाको कोरोना परीक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले बताए ।

जिल्लाको त्रियुगा नगरपालिकाको क्वारेन्टिनमा ४१ जना, चौदण्डीगढी नगरपालिकामा ११ जना, रौतामाई गाउँपालिकाको ८ जना, कटारी नगरपालिकाको २६ जना, बेलका नगरपालिकाको १० जना र लिम्चुङबुङ गाउँपालिकाको ४ जनामा परीक्षण गरिएको हाे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु