काठमाडौं,५ बैशाख ।
आज देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्न सक्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज दिउसो देशभरिकै मौसम सामान्यतया बदली भइ मध्य र पूर्वका केही तथा पश्चिमका थोरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्न सक्ने र कतै असिना पनि पर्न सक्ने महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भूभागका थोरै स्थान र तराईको एक दुई स्थानमा मेघगर्जनर सहित चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार शनिबार भने मौसममा सुधार आउनेछ । तर, देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको संभावना रहेको पुर्वानुमान गरिएको छ ।

