adv

इलामको गजुरमुखी धामका पुजारी भण्डारीको निधन

माङसेबुङ, ५ बैशाख । इलामको माङसेबुङ गाउँपालिका वडा नं। १ मा रहेको धार्मिक स्थल गजुरमुखीधामको मुल पुजारी भोलानाथ भण्डारीको निधन भएको छ । बैशाख ५ गते बिहान ८४ वर्षको उमेरमा भण्डारीको मृत्यु भएको हो ।

ताप्लेजुङ थुम्वेदिनमा वि.सं. १९९२ सालमा जन्मनु भएको भण्डारी करिव २०४९ सालदेखि गजुरमुखीधामको मुल पुजारीको रूपमा काम गर्दै आएका थिए ।

विगत लामाे समयदेखि पुजारीकाे रूपमा काम गर्दै अाएकाे र नेपाली नागरिकताकाे प्रमाणपत्र लिन खाेजे पनि नसकेकाे माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङगाेले सामाजिक सञ्जालमा पाेस्ट गरेका छन् ।

अध्यक्ष इदिङगाेकाे स्टाटस जस्ताकाे तस्तै :

पुजारी भण्डारीको सपना पूरा नभई देहावसान:-
ताप्लेजुङ थुम्वेदिनमा १९९२ सालमा जन्म भई लगभग वि.सं. २०४९ सालदेखि इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा नं. ०१ (साबिक गजुरमुखी गाविस) गजुरमुखीधाममा अवस्थित गजुरमुखी मन्दिरमा मुल पुजारीको रुपमा काम गर्दै आउनु भएका भोलानाथ भण्डारीको आज अर्थात २०७७ वैशाख ०५ गतेका विहान ८४ वर्षको उमेरमा निधन भएको छ । पुजारी भण्डारीले आफुले नेपाली नागरिक प्रमाणपत्र प्राप्तिको लागि धेरै पल्ट स्थानीय निकायदेखि जिल्ला प्रशासन कार्यालयको ढोकामा पुग्नु भएको थियो । जिल्ला प्रशासन कार्यालय इलामले संचालन गरेको जुन सुक्कै नागरिकता वितरण घुम्ती शिविरहरु नपुगेको दिन कहिल्यै थिएन । म माङसेबुङ गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भए पश्चात् पुजारी भण्डारीको नागरिक दिलाउन ३/४ पल्ट सम्बन्धित कार्यालयमा मैले पहल कदमी गर्दा पनि पुजारी भण्डारीको सपना पूरा गर्न नसकेकोमा म आफै दुखी भएका थिए । पुजारी भण्डारीको नागरिकता दिलाउन धेरै प्रजिअहरुसँग अनुरोध गरेका थिए । त्यसबेला सबै प्रजिअहरुले फलानोलाई नागरिकता पाउनलाई यो-यो, यस्तो-यस्तो काजजातहरु तयार गरेर ल्याउनु अनि हेरौला भन्ने प्रजिअहरु कुरा बाहेक अरु केही सुन्न अवसर मिलेन । पुजारी भण्डारीले त आखिरमा नेपाली नागरिक प्रमाणपत्र प्राप्ति नगरीकन देहावसान भयो भने भण्डारीका ३ भाई छोराहरु छन । ती ३ जना छोराहरुको नागरिकता प्राप्त गर्ने उमेर काटिसकेका छन । पुजारी भण्डारीको सपना थियो कि पहिले आफ्नो नागरिकता बनाउने, त्यसपछि छोराहरुको नागरिकता बनाई दिने तर पुजारी भण्डारीको ती सपना पूरा नभईकन देहावसान भए ।
जे सुक्कै भएतापनि, पुजारी भण्डारीको सपनाहरु पूरा नभई देहावसान भएतापनि भण्डारीको आत्माले चिर शान्ति मिलोस र पुजारी भण्डारीको छोराहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दछु …

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु