adv

महिलाहरूले पैसा फाल्दै हिँडेपछि स्थानीय त्रसित

जनकपुरधाम, ५ बैशाख । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ महावीर चोकमा दुई महिलाले सडकमै पैसा फाल्दै हिँडेपछि स्थानीयवासी त्रसित भएका छन्।

स्थानीयवासीहरूका अनुसार शुक्रवार दिउँसो दुईजनाको समूहमा रहेको महिलाहरुले १० रुपैयाँको नोट सडक र पसलको छेउमा फालेर भागेकाे हाे । उनिहरूका अनुसार निलाे र हरियाे रंगकाे साडी लगाएका उनीहरूले सय मिटरकाे दुरीसम्म पैसा फालेका थिए ।

सडकमा पैसा फयाकेको देखेपछि स्थानीयवासीले साेधिखाेजि गर्नखाेज्दा पेठिया बजारतर्फ भागेको स्थानीयवासीहरुले बताए। सडकमा पैसा फालेकाे स्थानीयहरुले प्रहरीलाई खबर गरेपछि सडकमा फ्यालिएका रुपैयाँका केही नोटहरु प्रहरीले नियन्त्रणमा लिएको र त्यस क्षेत्रलाई सेनेटाइज गरेका छन्।

स्थानीयवासीले दिएकाे सुचनाकाे आधारमा दुबै महिलाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु