adv

मन्त्रालयकाे निर्णय अनुसार काेराेना नियन्त्रणका लागि ३३ जना चिकित्सक सुदुरपश्चिम पुगे

काठमाडाै, ५ बैशाख । कोरोना भाइरस संक्रमण रोकथाम र उपचारका लागि ३३ जनाको चिकित्सक टोली काठमाडौंबाट धनगढी पुगेकाे छ । चिकित्सककाे टाेली मन्त्रालयले चार्टर्ड गरेकाे जहाजमा धनगढी पुगेकाे हाे ।

कोरोना  सङ्क्रमण बढ्न थालेपछि  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकको टोली सुदूर पश्चिम प्रदेश पठाउने निर्णय गरेको थियो ।

यति एयरको एटीआर ७२–५०० जहाबाट चिकित्सक धनगढी पुगेका हुन् । स्वास्थ्य मन्त्रालयले पहिलो पटक यति ठूलो संख्यामा चिकित्सकलाई हवाई यात्राबाट एक क्षेत्रमा पुर्‍याएको हो ।

काठमाडौंबाट आएको टोलीलाई आवश्यकताको आधारमा विभिन्न जिल्ला खटाइने सामाजिक विकास मन्त्रालयले  जनाएको छ । मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले टोली पुगिसकेको र कोरोना सङ्क्रमण जोखिम बढिरहेको क्षेत्रमा उनीहरुलाई खटाउने तयारी भइरहेको बताए ।

अहिले सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच पुगिसकेको छ । कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारले यसको नियन्त्रणको लागि टोली पठाएको हो  ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु