adv

नेपालमा आज एकै दिनमा १४ जनामा कोरोना पुष्टि, कोरोना संक्रमित ३० पुग्यो

हरप्रहर व्यूराे, ५ बैशाख । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उदयपुरमा १२ जना नै पुरूष रहेकाे छ । ३४, २९, २६, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय रहेकाे जनसंख्या तथा स्वास्थ्य मन्त्रालयकाे अाधिकारीक फेसबुक पेजमा उल्लेख गरेकाे छ ।

त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका १६ मध्ये १२ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो। उनीहरुको विराटनगरस्थित कोशी प्रदेशिक अस्पतालमा काेराेना परिक्षण गरिएको हाे ।

त्यस्तै चितवनमा २ जना रहेकाे जसमा २७ र ६३ बर्षीय पुरूष रहेकाे छ । नेपालमा हाल कुल ३० जना काेराेना संक्रमित पुगेकाे छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु