adv

लकडाउन उल्लंघन गर्नेलाई हिरासतमा राख्ने निर्णय

मेचीनगर ,५ बैशाख झापाको मेचीनगर नगरपालिकाले लकडाउन उल्लंघन गर्ने जो कोहि व्यक्तिलाई प्रहरीले पक्रेर हिरासतमा राख्ने निर्णय गरेको छ । शुक्रबार मेचीनगरपालिकाले सुरक्षाकर्मीहरुको छलफलमा यस्तो निर्णय गरेको हो ।

नगरपालिकाको कार्यालयमा बसेको जनप्रतिनिधि, वाणिज्य संघका प्रतिनिधि तथा सुरक्षाकर्मीहरुको बैठकले नगरबासीका लागि अत्यावश्यक सामग्री खरिद बिक्रीको समय सीमा समेत तोकिदिएको छ ।

नगरपालिकाको निर्णय अनुसार प्रत्येक दिन विहान ५ देखि ८ वजेसम्म औषधि, खाद्यान्न, पेट्रोलियम पर्दाथ, ग्यास लगायतका अत्यावश्यक सामग्रीको बजार तथा पसल खुल्ने छ ।

त्यस्तै विहान ८ देखि दिउसो १२ वजेसम्म लकडाउनको अवधिमा कोहि पनि व्यक्ति बाहिर निस्कन पाइने छैन । दिउँसो १२ देखि ४ वजेसम्म अत्यावश्यक सामग्रीको बजार तथा पसल खुल्ने छ । त्यसैगरी दिउँसो ४ वजेदेखि भोलिपल्ट विहान ५ वजेसम्म अत्यावश्यक सामग्री लिन बजार निस्कन पाइने छैन ।

लकडाउनको समयमा समय सीमा भन्दा बाहिर बजारमा कोहि पनि व्यक्ति निस्के बजार तथा सडकमा प्रहरीले देखे पक्राउ गरी हिरासतमा राखि कारवाही गर्न सक्ने निर्णय गरिएको छ ।

वाणिज्य संघद्वारा गाउँ, बजारमा सञ्चालित मोवाइल कृषि व्यापार तथा अन्य पसलमा अत्यावश्यक सामग्रीका कुनैपनि वस्तुको मुल्यवृद्वि गरेको थाहा पाए नगरपालिकाले कारवाही गर्ने निर्णय भएको जनाएको छ ।

छलफलमा नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, वडाध्यक्ष नविन बराल, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेल, सशस्त्र प्रहरी गुल्म काँकरभिट्टाका प्रमुख डिएसपी ज्ञानमणि पौडेल, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक कैलाश चौधरी लगायत कर्मचारी र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु