मेचीनगर,५ बैशाख । झापाको मेचीनगरका सामाजिक तथा राजनितिक ब्यक्तिहरुको सामुहिक प्रयासमा सञ्चालनमा आएको मेची अभियान मार्फत विपदका कारण अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न सहयोगी हातहरु दिनानुदिन बढ्दै गएका छन ।
कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउनका कारण बिपन्न,दैनिक ज्यालादारी गरेर जीबनयापन गर्ने परिवारलाई राहत बितरणदेखि अन्य आवश्यकीय सहयोग गर्नका लागि मेची अभियानलाई बिभिन्न ब्यक्तिहरुले आर्थिक सहयोग उपलब्ध गराउनेक्रम बढेको मेची अभियानका संयोजक बिजय डालमियाले बताउनु भयो ।

डालमियाका अनुसार लकडाउन पछि उत्पन्न परिस्थितिमा मात्रै मेची अभियान मार्फत सहयोग गर्नका लागि देश र बिदेशमा रहनु भएका दाताहरुबाट २ लाख ७१ हजार ५१० रुपैया सहयोग संकलन भएको छ । सहयोग गर्नेक्रम निरन्तर रहेको समेत संयोजक डालमियाले बताउनु भयो ।
अभियान मार्फत अति बिपन्न परिवार र लकडाउनका कारण पिडित बनेका परिवारलाई खाद्यन्न सहित अन्य अत्यावश्यक सामग्री सहयोग गरिरहेको अभियानका कोषाध्यक्ष शुशिल आचार्यले बताउनु भयो । यो बेला दीर्घ रोगीहरुको औषधी, अस्पताल लैजानु पर्ने अवस्थाका बिरामीलाई अस्पताल लैजान सहजीकरण, गुणस्तरिय मास्क बितरण, ब्यक्तिगत सुरक्षा सामग्री पिपिइ लगायतका काममा अभियानले सहयोग गरिरहेको कोषाध्यक्ष आचार्यले बताउनु भयो ।
अप्ठ्यारोमा परेकाहरुलाई अभियानले निरन्तर सहयोग गर्नुका साथै अभियानकै तर्फबाट डिसइन्फेक्सन टनेल निर्माण गरी मेची अञ्चल अस्पताल भद्रपुरलाई हस्तान्तरण समेत गरिएको संयोजक डालमियाले बताउनु भयो ।
मेची अञ्चल अस्पतालमा जडान गरिएको डिसइन्फेक्सन टनेल ।
२०७२ सालको महाभुकम्पका पिडितहरुलाई सहयोग गर्न पुर्वी नेपालको मेचीनगरका सामाजिक राजनितिक अगुवाहरुको सहभागितामा मेची अभियान शुरु गरिएको थियो ।
मेची अभियानलाई २०७७/०१/०५ सम्म सहयोग गर्नेहरु ।
१) बिश्वप्रकाश शर्मा २५०००।–
२) जिवन थापा २०००।–
३) प्रसन्न संग्रौला २५०००।–
४) डा.रुपेश रोशन ५०००।–
५) प्रवेश ढुंगाना १००००।–
६) सुरेश उप्रेती ५०००।–
७) धर्मेन्द्र खड्का १११११।–
८) दिपा राई १००००।–
९) रेशु फ्याक आङदम्बे १००००।–
१०) बिजय उप्रेती ५०००।–
११) प्रनिक सुवेदी ५०००।–
१२) बिनोद निरौला १००००।–
१३) उमा बस्नेत ५०००।–
१४) मनिस दाहाल ५०००।–
१५) रबिका खड्का २३०००।–
१६) लक्ष्मण सिलवाल ५०००।–
१७) रामगोबिन्द रञ्जितकार ५०००।–
१८) बिकास दाहाल १०००० ।–
१९) अमित पोद्धार ३१०००।–
२०) अग्नी ढकाल १००००।–
२१) बिकास उप्रेती २५०००।–
२२) लिना शर्मा ३४००।–
२३) अनुप निरौला ५०००।–
२४) कमल ढुंगाना १००००।–
२५) श्याम प्रसाई १५९९९।–
जम्मा २,७१,५१०।–

